Century Times

सवारी चालक अनुमतिपत्रको सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी

सवारी चालक अनुमतिपत्रको सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने भएको छ ।

अब गाडी चालकले लाइसेन्स बोक्न नपर्ने र राष्ट्रिय परिचयपत्र वा नम्बरबाटै ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र भए/नभएको थाहा पाउने यातायात व्यवस्था विभागले जनाएको छ । यसका लागि ट्राफिक प्रहरीलाई विशेष किसिमको उपकरण दिइने छ । यो व्यवस्था लागू भएपछि छुट्टै लाइसेन्स बोकेर हिँड्न नपर्ने विभागको भनाइ छ ।

यद्दपि यो व्यवस्था लागू हुने भने केही समय लाग्नेछ । यसका लागि सफ्टवेयर बनिसके पनि उपकरण भने किन्नै बाँकी छ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र परीक्षण गर्ने उपकरण प्राप्त गर्नासाथ यो व्यवस्था लागू हुने यातायात व्यवस्था विभागको भनाइ छ ।

यसैबीच यो व्यवस्था कार्यान्वयनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच हिजो समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »