Century Times

मधेस प्रदेशका चार पालिकामा जीटूसीटू परियोजना सुरु

मधेस प्रदेशका चार पालिकामा जीटूसीटू परियोजना सुरु

मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकासहित चार पालिकामा ‘ग्लोबल गर्ल्स क्रिएटिङ चेञ्ज’  (जीटूसीटू) परियोजना सुरु भएको छ ।

परियोजना सुरुआत गर्दै मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले मानवीय विकास सूचकाङ्कमा पछि परेको मधेसको विकासमा यो परियोजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रदेश सरकारले बालिका संरक्षण ऐन ल्याएर ‘केटी जिन्दावाद’ अभियान सुरु गर्न लागेको उनले जानकारी दिए । उनले यस अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

“मधेस प्रदेश विकास सूचकाङ्कमा अन्य प्रदेशको तुलनामा कम छ”, उनले भने, “यस परियोजनाको सफल कार्यान्वयनको लागि सङ्गठनलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।” 

परियोजनाको उद्देश्य महिलाहरू र बालिकाहरूलाई लक्षित गरी समावेशी जलवायु क्रियाकलापका लागि युवा नेतृत्व तयार पार्नु रहेको छ । समान र समावेशी जलवायु नीतिहरू तथा क्रियाकलापहरूको नेतृत्व र आकार दिन आयोजनाले सहयोग गर्ने बताइएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »