Century Times

नेपालमा ‘एआई’ सम्मेलन हुने

नेपालमा ‘एआई’ सम्मेलन हुने

नेपालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन आयोजना हुने भएको छ । नेकपा एमालेको प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भदौ ३० र ३१ गते एआई सम्मेलन आयोजना गर्न लागेको हो ।

एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी प्रदान गरिने युवा संघ नेपालले जनाएको छ ।

सम्मेलनको तयारी बैठकका क्रममा अध्यक्ष क्षितिज थेबेले सम्मेलनको उद्देश्यबारे जानकारी गराउँदै सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने बताएका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »