Century Times

औषधि उद्योगमा विस्फोट, १७ जनाको मृत्यु

औषधि उद्योगमा विस्फोट, १७ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो सवा २ बजे आन्ध्रा प्रदेशको अनाकापल्ली जिल्लामा रहेको इसेन्सिया एड्भान्स साइन्सेस प्लान्टमा विस्‍फोट हुँदा १७ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। 

यस घटनामा ३४ जना घाइते समेत छन्। प्लान्टको रसायन मिश्रण गर्ने ठाउँ ‘केमिकल रियाक्टर’बाट विस्फोट भएको समाचारमा उल्लेख छ।

मुख्यमन्त्री चन्द्रबाबु नायडूले उच्चस्तरीय छानबिन समिति गठन गरेका छन्। व्यवस्थापनको कमजोरी देखिए कारबाही गर्ने समेत चेतावनी दिएका छन्।

विस्फोटबाट ठूलो मानवीय क्षति हुनसक्ने आकलन गरिएको थियो। खाजा खाने समयमा भएको विस्फोटका कारण कम क्षति भएको टाइम्सले जनाएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »