Century Times

थरुहट आन्दोलनकर्मीलाई झुठा मुद्दा लगाएर फसाइयो : राजेन्द्र महतो

थरुहट आन्दोलनकर्मीलाई झुठा मुद्दा लगाएर फसाइयो : राजेन्द्र महतो

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले टिकापुर विद्रोहपछि थारु समुदायको पहिचानको अस्तित्व नै सङ्कटमा पारिएको आरोप लगाएका छन् । टिकापुर काण्ड भएको ९ वर्ष पुरा भएको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै महतोले सो आरोप लगाएका हुन् ।

उनले टिकापुर विद्रोहपछि त्यसको सत्य तथ्य छानबिन गर्न बनेका विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक समेत नगरिएको बताउँदै थरुहट आन्दोलनकर्मी नेता कार्यकर्ताहरूमाथि सुनियोजित ढङ्गले झुटा मुद्दा लगाएर फसाएको आरोप लगाएका छन् ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा स्वायत्त थरुहट प्रदेश माग गर्दै भएको आन्दोलनमा केही प्रहरी र बालकको ज्यान गएको थियो ।  उक्त घटनाको भोलिपल्ट भदौ ८ गते प्रशासनले कर्फ्यु जारी गरेकै समयमा थारु समुदायका ८० भन्दा बढी घर, पसल र एफ एम स्टेसनमा आगजनी गरिएको थियो ।

सोही घटना अभियोगमा रेसम चौधरी लगायत ५२ जना माथि मुद्दा लगाइएको थियो । महतोले थारु लगायत सम्पूर्ण उत्पीडित समुदायमा अब छुट्टाछुट्टै होइन एकीकृत भएर नव सङ्घर्षको उठान गर्न आह्वान समेत गरेका छन् ।

rajendra

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »