Century Times

शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश सरकारले नीति बनाउँदै छ: मुख्यमन्त्री सिंह

शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश सरकारले नीति बनाउँदै छ: मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशको शिक्षामा भएको विकृति तथा विसङ्गतिको अन्त्य गर्नका लागि सरकारले शिक्षा नीति बनाउन लागेको बताउनु भएको छ ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशकै सबै भन्दा पुरानो याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय जनकपुरधाममा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको “याज्ञवल्क्य सदन” छात्रावासको आज उद्घाटन गर्नुहुँदै सो कुरा बताउनु भएको हो । उहाँले शिक्षा नीतिको निर्माण गरेर प्रदेशमा योग्य एवं सक्षम नागरिक उत्पादन गर्ने गरि सरकार अगाडी बढ्न चाहेको बताउनुहुँदै यसका लागि शिक्षामा गुणात्मक सुधारको खाँचो भएको बताउनु भयो ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशको शिक्षाको स्तर माथि नउठेसम्म प्रदेशको विकास सम्भव नभएको बताउँदै माध्यमिक शिक्षा प्रदेश सरकारमा नभए पनि माध्यमिक तहको शिक्षामा सुधारका लागि सरकारले सबै प्रकारको सहयोग एवं लगानी गरेको र गरिरहने बताउनु भयो । उहाँले मधेश प्रदेशको केही जिल्लाहरूमा नमूना शैक्षिक पार्कको निर्माण गर्नका प्रदेश सरकारको चालु आर्थिक वर्षमा कार्यक्रम नै ल्याएको बताउँदै प्रदेशकै ऐतिहासिक विद्यालयको रुपमा रहेको ज्ञानकूपमा नमूना शैक्षिक पार्क निर्माण गर्न चाहेको बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले विक्रम सम्बत १८८५ मा ज्ञानकूप संस्कृत माध्यमिक विद्यालय आवासीय विद्यालयको रुपमा परिणत भएको बताउँदै अहिले विद्यालयमा २ हजार ५ सय भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारको सहयोगमा विद्यालय परिसरमा निर्माण भएको खेलकुद मैदानको पूर्णता दिनका लागि आग्रह गर्दै अहिलेको सम्पूर्ण छात्रावासलाई विस्थापित गरेर नयाँ छात्राबासको निर्माण आवश्यक भएको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ का वडाध्यक्ष दिनेश कुमार सिंहले नमूना विद्यालयको रुपमा रहेको ऐतिहासिक विद्यालयको विकासमा थप लगानी गर्नका लागि प्रदेश सरकारसँग माग गर्नु भयो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »