Century Times

१० महिनापछि औपचारिक रूपमा हट्यो टिकटकमाथिको प्रतिबन्ध

१० महिनापछि औपचारिक रूपमा हट्यो टिकटकमाथिको प्रतिबन्ध

सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो । 

प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको उक्त सूचनामार्फत जनाएको छ ।

यससँगै अब सबै नेटवर्कमा टिकटक चल्न थालेको छ । 

टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम भएको भन्दै २०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । १० महिनापछि टिकटक खुलाइएको छ ।

tt

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »