Century Times

बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी काठमाडौंमा

बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी काठमाडौंमा

बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी नेपाल आएका छन्।

मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी शनिबार दिउँसो काठमाडौं आइपुगेका हुन्। फिल्मको प्रिमियर भोलि हुँदैछ। प्रिमियरमा नवाजुद्दीन विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

यो फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको थियो। मीनबहादुर भाम निर्देशित फिल्ममा हिमाली भेगकी गर्भवती महिलाले ल्हास्सामा हराएको श्रीमान खोज्दाको कथा समेटिएको छ। फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको अभिनय छ।

फिल्म भदौ २८ गतेदेखि हलमा प्रदर्शन हुँदैछ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »