Century Times

‘ईडीभी’ का नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ

‘ईडीभी’ का नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ

नेपालमा रहेको अमेरिकी दूतावासमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भई महालक्ष्मी–४ बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाहीको लालबन्दी नगरपालिका–१० घर भई महालक्ष्मी–५ बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापाको अर्जुनधारा नगरपालिका–८ घर भई महालक्ष्मी–४ बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।

उनीहरूले ईडीभी भर्नका लागि एसईई र कक्षा १२ को नक्कली मार्कशीट, एकेडेमिक ट्रान्सक्रिप्ट बनाई पेश गरेका प्रहरीले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »