Century Times

बर्दिवासमा दसैं सस्तो बजार लाग्दै

बर्दिवासमा दसैं सस्तो बजार लाग्दै

महोत्तरीको बर्दिवासमा चाडपर्व लक्षित दसैं सस्तो बजार लाग्ने भएको छ ।

उद्योग वाणिज्य संघ बर्दिवासको आयोजनामा सस्तो बजार लाग्न लागेको वाणिज्य संघ बर्दिवासले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । असोज १६ देखि २५ गतेसम्म सस्तो बजार लाग्ने व्यापार संघका अध्यक्ष विष्णु खड्काले जानकारी दिए । सस्तो बजारमा खाद्यान्न, लत्ताकपडा र जुत्ता चप्पलका ६० वटा स्टल राखिने उनले बताए ।

बर्दिवास-१४ स्थित औरही रोडको तरकारी बजारमा लाग्ने सस्तो बजारमा बर्दिवासभित्रक व्यवसायीहरुको मात्रै स्टल रहने संघका महासचिव उत्तम श्रेष्ठले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »