Century Times

इजरायली आक्रमणमा हिजबुल्लाहाका शीर्ष सेन्य कमाण्डरसहित १२ जना वरिष्ठ अधिकारी मारिएको पुष्टि

इजरायली आक्रमणमा हिजबुल्लाहाका शीर्ष सेन्य कमाण्डरसहित १२ जना वरिष्ठ अधिकारी मारिएको पुष्टि

लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डर मारिएका पुष्टि भएको छ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहले आक्रमणमा सैन्य कमाण्डर इब्राहिम अकिलको ज्यान गएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

इजरायलको आक्रमणमा १६ जना मारिएकामा तीमध्ये १२ जना हिजबुल्लाहाका बरिष्ठ सदस्य रहेका छन् । अकिलसहितका वरिष्ठ सदस्यहरुको ज्यान गएसँगै इजरायल–हिजबुल्लाह युद्ध थप चर्कने सम्भावना बढेको बीबीसीले जनाएको छ । राष्ट्रसंघीय राजनीतिक मामिला प्रमुख रोजमेरी डिकार्लोले सुरक्षा परिषदको एक सत्रमा बोल्दै पछिल्ला घटनापछि मध्यपूर्व थप द्वन्द्वको जोखिममा फसेको बताउनुभएको छ ।

गएको मङ्गलवार र बुधवार हिजबुल्लाहका पेजर र वाकीटकी विस्फोटका कारण कम्तीमा ३७ जनाले ज्यान गुमाएका थिए । तीन हजार सात सयभन्दा बढी घाइते भएका थिए । इजरायली सेनाले गएको जुलाईमा गरेको आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्र मारिएका थिए । त्यसयता दुई पक्षबीच दिनहुँजसो आक्रमण चलिरहेको छ ।

यसैबीच लेवनानका प्रधानमन्त्री नजीव मिकातीले इजरायलले लेवनानमा गरिरहेको आक्रमणबारे स्पष्ट अडान लिन अन्तरर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको छ । उहाँले इजरायलको आक्रमणलाई नरसंहार भन्नुभएको छ । उहाँले न्यूयोर्कमा भइरहेको राष्ट्रसंघको महासभामा भाग लिने कार्यक्रम पनि रद्द गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।    

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »