Century Times

धनुषा प्रहरीको हिरासतबाट भागेका ९ जना थुनुवा मध्ये सात जना पक्राउ

धनुषा प्रहरीको हिरासतबाट भागेका ९ जना थुनुवा मध्ये सात जना पक्राउ

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका ९ थुनुवामध्ये  ७  जना पक्राउ परेका छन्।

सोमबार बिहान हिरासतको भेन्टिलेशन फोडेर भागेका ९ थुनुवामध्ये ७ जनालाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डिएसपी रञ्जन अवाले जानकारी दिए।

फरारमध्ये सत्यम झालाई प्रहरीले बिहानै पक्राउ परेको थियो। उनलाई जनकपुरबाट पक्राउ गरिएको थियो। मनिष मण्डल र विशाल मुखिया फरार छन्। उनीहरूको खोजी भइरहेको डिएसपी अवाले जानकारी दिए। 

दिउँसो अमितकुमार झा, रञ्जित मण्डल, रोशनकुमार मण्डल, भाष्करकुमार यादव पक्राउ परेका हुन्। उनीहरू लागुऔषध  खैरो हेरोइनसहित पक्राउ परेका थिए। 

सुमित मेस्तर र बिक्की कार्कीलाई पनि दिउँसो पक्राउ गरिएको हो। उनीहरू अभद्र व्यवहार मुद्दा पक्राउ गरिएको थियो। 

उनीहरूलाई धनुषाको औरही गाउँपालिकास्थित नेपाल-भारत सिमा आसपासबाट पक्राउ गरिएको डिएसपी अवाले जानकारी दिए। 

आज बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेका थिए। हिरासतमा १० जना रहेकामा एक जना भने भागेका थिएनन्। 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »