Century Times

देशका धेरै ठाउँमा उखरमाउलो गर्मी, तराईका सबैजसो जिल्लाकाे तापक्रम ३५ डिग्रीभन्दा माथि

देशका धेरै ठाउँमा उखरमाउलो गर्मी, तराईका सबैजसो जिल्लाकाे तापक्रम ३५ डिग्रीभन्दा माथि

तराई मधेशका जिल्लामा गर्मी अत्यधिक बढेको छ । आज दिउँसो तराई मधेशका जिल्लामा रहेका सबैजसो मापन केन्द्रहरूले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै देखाएका छन् ।

यस्तै ललितपुरको खुमलटारमा दिउँसो अधिकतम तापक्रम ३२ दशमलव सात डिग्री सेल्सियस पुगेको छ । मध्य पहाडका उपत्यका तथा खोँचहरूमा रहेका धेरै ठाउँमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि मापन भएको छ ।

सामान्यतया असोज लागेपछि गर्मी निकै कम हुनुपर्नेमा यो वर्ष केही दिनदेखि गर्मी बढेको तराई मधेशका बासिन्दा बताउँछन् । गर्मी निकै बढेपछि महोत्तरीको मनरा शिसवा नगरपालिकाले नगरभित्रका विद्यालयहरूमा आजदेखि ६ दिनका लागि बिदा दिएको छ ।

केही दिनदेखि मनसुन न्यून चापीय रेखा दक्षिणतिर सर्दा पानी नपरेकाले तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसोसम्म गर्मी उस्तै रहने र दिउँसोपछि घट्ने सम्भावना छ । भोलिदेखी पूर्वी भेगमा मनसुन सक्रिय हुने भएकाले तापक्रम घट्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

जलवायु विज्ञ डा. ङमिन्द्र दाहाल पछिल्ला केही वर्षदेखि नै मनसुनमा केही पछिसम्म तराई मधेशमा गर्मी बढी महसूस हुँदै आएको बताउनुहुन्छ । तराईमा ताप सोस्ने ठूला पानी पोखरी, सिमसार क्षेत्र र हरियाली हराउन थालेसँगै गर्मी बढेको उहाँले बताउनुभयो । यस्तै कालोपत्र गरिएका सडक, सिमेन्ट–कङ्क्रिटका घरलगायतका कारण तराई मधेशसहित शहरी क्षेत्रमा गर्मी बढी महसूस भएको उहाँले बताउनुभयो । भोलिदेखि वर्षा हुने लक्षण देखिएकोले गर्मी घट्ने उहाँको भनाइ छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »