Century Times

जनकपुरको एक होटलमा एक युवक झुन्डिएको अवस्थामा फेला

जनकपुरको एक होटलमा एक युवक झुन्डिएको अवस्थामा फेला

जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् ।

मृ‌त फेला पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय मित कुशियैत यादव छन् ।

होटलको कोठा नं. २०४ मा झुन्डिएको अवस्थामा राति ११ बजे मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार बेलुका ७ बजे युवक कोठा बुक गरेका थिए । राति ११ बजे ढोका खुल्लै अवस्थामा कोठामा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी अवाले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »