Century Times

राष्ट्रपति समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश

राष्ट्रपति समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति, समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति रहेको सन्दर्भमा सोहीबमोजिम गठित मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताउनुभयो ।

उहाँले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाहीहरू समेटेर तयार पारेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई सम्बोधन गर्ने विषयमा सरकारले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »