Century Times

प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ: विमलेन्द्र निधि

प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ: विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता तथा संघीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्नेमा जोड दिएका छन्।

पूर्वगृहमन्त्री समेत रहेका निधिले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा निधिले संघीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखुद रहेको बताए।

‘सबैले प्रदेश प्रहरी समायोजन भन्दैछन् मैले भने सङ्गठन भन्छु । त्यो सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ,’ उनले भने।

आफ्नै प्रहरी संगठन नहुँदा विभिन्न समस्या भोग्नुपरेको गुनासो प्रदेशबाट आउने उनले बताए।

‘जबसम्म्म प्रदेशमा आफ्नो प्रहरी संगठन हुँदैन तबसम्म प्रदेश सरकार सञ्चालन प्रभावकारी नहुने उनले उल्लेख गरे,’ उनले भने।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »