Century Times

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी, सिआइबीको टोली रास्वपा कार्यालयमा

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी, सिआइबीको टोली रास्वपा कार्यालयमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पार्टी कार्यालयमा पुगेको छ।

प्रहरी स्रोतका अनुसार सिआइबीको टोली पक्राउ गर्न काठमाडौंको चमतिस्थित पार्टी कार्यालयमा पुगेको हो।

अहिले पक्राउ गर्न पुगेको टोलीसँगै सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन समेत गरिएको छ।

शुक्रबारमात्रै जिल्ला अदालत कास्कीबाट प्रहरीले लामिछानेविरूद्ध पक्राउ पुर्जी लिएको छ। 

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको हो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »