Century Times

मधेश स्वास्थ्य निर्देशनालयद्वारा प्रदेश स्तरीय वार्षिक समीक्षा सुरु

मधेश स्वास्थ्य निर्देशनालयद्वारा प्रदेश स्तरीय वार्षिक समीक्षा सुरु

मधेश स्वास्थ्य निर्देशनालयद्वारा जनकपुरधाममा तीन दिवसीय प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी आरम्भ भएको छ ।

मधेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” मूल भावनासहित स्वास्थ्य क्षेत्रका कर्मचारीहरूले गरेको सेवाको सराहना गर्दै जनतालाई स्वस्थ्य राख्ने गरि काम गर्न आग्रह गर्नुभयो ।

उहाँले तीन तहका सरकारका बीचमा अधिकतम सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन नदिने बताउनुभयो । मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. शोहन साहले स्वास्थ्य क्षेत्रसँग सरोकार भएका दिगो विकासका लक्ष्य हाँसिल गर्नका लागि स्थानीय सरकारले बढी जिम्मेवारीका साथ काम गर्न जरुरी रहेको बताउँदै प्रदेश सरकार सहकार्य गर्न तयार भए पनि अपेक्षा अनुसार हुन नसकेको बताउनुभयो ।

महिला तथा बालबालिका समितिका सभापति रुपाकुमारी यादवले मधेश प्रदेशको स्वास्थ्यमा गुणात्मक सुधारको खाँचो रहेको बताउँदै स्वस्थ्यकर्मीहरुले सीमित श्रोत साधनका बीचमा गरेको सेवाको सराहना गर्नुभयो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. विनोद कुमार यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रतिष्ठानले काम गरेको बताउँदै स्वास्थ्य शिक्षामा नयाँ नयाँ कार्यक्रमहरूमा अध्ययन अध्यापन भइरहेको बताउनुभयो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव कुमार झाले मधेश प्रदेशमा खोपको दृष्टिकोणमा निक्कै अगाडी भएको बताउँदै सुरक्षित मातृत्व तथा सुरक्षित शिशु, पोषणको क्षेत्रमा थप काम गर्न जरुरी रहेको बताउनुभयो । तीन दिनसम्म प्रदेशको स्वास्थ्य क्षेत्रको कमी कमजोरी तथा सुधारको उपायको विषयमा बृहत् छलफल हुने निर्देशक डा. झाले जानकारी दिनुभयो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »