Century Times

यसपटकको विवाहपंचमीमा अयोध्याबाट विश्व हिन्दु परिषदका ५०० जना विशेष जन्ती आउने

यसपटकको विवाहपंचमीमा अयोध्याबाट विश्व हिन्दु परिषदका ५०० जना विशेष जन्ती आउने

रामजानकी विवाहपञ्चमी महोत्सवमा यसपटक विश्व हिन्दु परिषद अयोध्याको नेतृत्वमा ५०० जना विशेष जन्ती आउने भएको छ । पाँचसय भन्दा बढीको संख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा शुरु भइसकेको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार जन्तीको स्वागत र विवाहपञ्चमीको तयारीका लागि जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरिएको जानकारी दिए ।

विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तिर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए । जन्तीमा सन्तमहन्थ र विश्व हिन्दु परिषद्का अधिकारीहरु सहभागि रह्नेछन् ।

मंसिर १८ गते जन्ती जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । मंसिर २१ गते विवाहपञ्चमी रहेको छ । अयोध्याबाट आएका जन्तीहरु मंसिर २३ गते भारतका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको छ

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »