Century Times

महोत्तरीमा जलाइएको अवस्थामा महिलाको शव फेला

महोत्तरीमा जलाइएको अवस्थामा महिलाको शव फेला

महोत्तरीमा सोमबार दिउँसो एक महिलाको शव फेला परेको छ ।

जिल्लाको पिपरा गाउँपालिका– ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको आँपको बगैँचा नजिकै रहेको डिलमा एक महिलाको शव फेला परेको हो । 

महोत्तरी प्रहरीका अनुसार अनुहार जलाइएको अवस्थामा अन्दाजी २५/२६ वर्षीय महिलाको शव फेला परेको हो । तर उनको पहिचान भन्ने अहिलेसम्म खुल्न नसकेको महोत्तरी प्रवक्ता सन्तुलाल जयसवारले जानकारी दिए ।

उनका अनुसार कालो लेगिज र हल्का पहेँलो रङ्गको कुर्थी लगाएकी महिलाको शव आँप बगैँचाको आलिमा भेटिएको छ । 

जलाएर हत्या गरेको हुनसक्ने महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक जयसवारको आंकलन छ । प्रहरीका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

सोही सूचनाको आधारमा महोत्तरी प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ । 

मृतकको पहिचान खुल्न नसकेपछि अनुसन्धानमा सहजताका लागि कुकुरको समेत परिचालन गरिएको महोत्तरी प्रहरीले जनाएको छ । 

यस्तै सो शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »