Century Times

धनुषामा रास्वपा प्रवेश गर्ने युवाहरुको संख्या बढ्दै

धनुषामा रास्वपा प्रवेश गर्ने  युवाहरुको संख्या बढ्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीप्रति धनुषा ३मा युवाहरुमा आकर्षण बढ्दै गईरहेको पाइएको छ । पछिल्लो केही दिन यता धनुषा ३मा निरन्तर रास्वपा पार्टीमा युवाहरु प्रवेश गर्दै आईरहेका छन् ।

यसै क्रममा आलु प्याज व्यसायी संघ जनकपुरधामका अध्यक्ष सुरज साह र उद्योग वाणिज्य संघ जनकपुरधामका कार्यकारिणी सदस्य दुर्गेश साह समेत रास्वपामा प्रवेश गरेका हुन् । रास्वपाको परिवर्तनको अभियानलाई सघाउने अभिप्रायले आफूहरु रास्वपामा प्रवेश गरेको उनीहरुले प्रतिक्रिया दिए ।

यसका साथै आइतबार नै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ भ्रमरपुरा चोक र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १मा आयोजित पार्टी प्रवेश कार्यक्रममा १ सय बढी युवाहरु रास्वपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई रास्वपाका प्रवक्ता एवं धनुषा ३को प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनिष झाले स्वागत गरेका थिए ।

रास्वपाले अगाडि सारेको परिवर्तनको अभियान जन जनमा पुगिरहेको रास्वपामा प्रवेश गर्नेहरुको लहरले सावित गरिरहेको उनले बताए । युवाहरुमा रास्वपाप्रति देखिएको आकर्षणले परिवर्तनको अभियानलाई बल पुर्याउने उम्मेदवार झाले विश्वास व्यक्त गरे ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »