Century Times

समाजसेवी विवेक पटेल द्वारा खाद्यान्न सामाग्री वितरण ।

गौर नपा २ महादेवपट्टी टोलमा युवा समाजसेवी विवेक पटेल द्वारा खाद्यान्न सामाग्री वितरण ।

कोभिड १९ को दोस्रो लहरको कारण देश विदेश चारैतिर आ-आफ्नो देशमा कोरोना भाइरस रोकथाम गर्नका लागि सरकारले लकडाउन लगाएको कारण दैनिकी ज्यालादारी गरि खाने गरिब निमुखा, मजदुर, असहाय, एक महिला र बृद्धबृद्धालाई एक छाक खाना खानको समस्य भइरहेको छ ।यस्तो महामारीमा खानाबाट कसैले ज्यान गुमाउनु नपरोस् भने उच्च मनोबलको साथ रौतहट जिल्लाकै सबैभन्दा पुरानो स्थानीय तहको रूपमा रहेको गौर नगरपालिका वडा नं २ निवासी युवा समाजसेवी विवेक कुमार पटेलले आफ्नो व्यक्ति तर्फबाट गाउँमा रहेको अति विपन्न परिवारलाई चामल, दाल, आलु, नुन, नुहाउने साबुन लगायतको खाद्यान्न सामाग्री वितरण गरेकोे छ ।युवा समाजसेवी पटेलले आफ्नो टोलमा आज देखि लकडाउन भरि जतिसुकै यथार्थ असहाय व्यक्तिलाई राहत सहयोग गर्ने अभियान नै संचालन गरेको बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »