Century Times

डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै कालोमोसो

डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै कालोमोसो

उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । 

झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए ।  कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ । 

केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »