Century Times

आरती साह मृत्यु प्रकरण : सासू रेणु पक्राउ

आरती साह मृत्यु प्रकरण : सासू रेणु पक्राउ

आरती साह मृत्यु प्रकरणमा उनकी सासू रेणु साह पनि पक्राउ परेकी छन् । धनुषा प्रहरीले आज उनलाई भानु चोक क्षेत्रबाट पक्राउ गरेको हो ।

धनुषा प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले धनुषा जिल्ला अदालतको आदेशपछि आरतीकी सासू रेणुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले फागुन २३ मा आरतीका देवर रविलाई जनकपुरधाम- ९ थापा चोकस्थित घरबाटै पक्राउ गरेको थियो । गत पुस ९ मै सर्वोच्च अदालतको आदेशले पक्राउ परेका आरतीका श्रीमान मोतीबाबु थुनामा छन् ।

गत जेठ ७ मा आफ्नै घरमा आरती झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । दाइजोको कारण श्रीमान, सासू, ससुरा, देवरलगायतले आरतीको हत्या गरेको माइती पक्षको आरोप छ ।

आरतीको मृत्यु प्रकरणमा माइती पक्षले आन्दोलन गर्दा तत्कालै पक्राउ परेका उनका श्रीमान मोतीबाबु अदालतबाट साधारण तारेखमा छुटेका थिए । त्यसपछि मुद्दालाई कमजोर बनाएको भन्दै आरतीका आमाबुवा, दाइ र बहिनीले आन्दोलन गर्दै आएका छन् ।

उनीहरुलाई काठमाडौंमा धर्ना बसेको झण्डै १० महिनापछि रवि लामिछाने गृहमन्त्री बनेको केही दिनमै वार्ता गरी धर्ना तोड्न लगाएका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »