Century Times

मन्त्री सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी

मन्त्री सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी

मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

एमाले संसदीय दलका नेता यादव हिजो मात्रै मन्त्री नियुक्त भए ‌। हिजै उनले प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका थिए ‌।

मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मन्त्री यादवलाई गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकेकी छन् । हिजो सरकार पुनर्गठन गर्दा यी दुई मन्त्रालय मुख्यमन्त्रीलाई नै तोकिएको थियो ।

बदलिएको सत्ता समिकरण अनुसार नेपाली कांग्रेसलाई सरकारबाट हटाएर एमालेलाई सहभागी गराइएको छ । कांग्रेसलाई दिइएको तीन मन्त्रालय एमालेले पाएको छ ।

जनमत सरकार छाड्दा खाली भएको श्रम तथा यातायात र शिक्षा तथा समाज कल्याण मन्त्रालय अझै मुख्यमन्त्री यादवले सम्हालेका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »