Century Times

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक

सत्तारूढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम र सङ्कल्प सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उपस्थितिमा पूर्वअर्थमन्त्री नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले साझा कार्यक्रम र सङ्कल्प सार्वजनिक गर्नुभएको हो ।

नागरिकमा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली नागरिकको सर्वाेपरि हितलाई केन्द्रमा राखिएको छ । शेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने, हरित वित्तको परिचालन, १५औँ आवधिक योजनाको वस्तुनिष्ट मूल्याङ्कन गरी १६औँ आवधिक योजना कार्यान्वयनमा ल्याउने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सहकारी, लघुवित्तका समस्या समाधान गर्ने लक्ष्य सङ्कल्पमा उल्लेख छ ।

यसैगरी राजस्व प्रणालीलाई सुधार गर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउने, न्यायपालिकाको संरचनात्मक सुधार गर्ने, कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारकाे छानबिन गर्ने र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने, भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने एमाले उपाध्यक्ष पौडेलले बताउनुभयो ।

सत्तारूढ गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) समावेश छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »