Century Times

स्कुल बस दुर्घटना हुँदा छ जना बालबालिकाकाे ज्यान गयाे

स्कुल बस दुर्घटना हुँदा छ जना बालबालिकाकाे ज्यान गयाे

भारतको उत्तरी राज्य हरियाणामा स्कुल बस दुर्घटना हुँदा कम्तीमा छ जना बालबालिकाको ज्यान गएको छ । दुर्घटनामा २० जनाभन्दा धेरै विद्यार्थी घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

जी .एल पब्लिक स्कुलका झन्डै ४० जना विद्यार्थी बोकेको बस आज दिउँसो कानिना क्षेत्रमा दुर्घटना भएको हो । चालकले जाँड–रक्सी खाएको र तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले दुर्घटनामा दुःख व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »