Century Times

छोराको हत्या आरोपमा आमा पक्राउ

छोराको हत्या आरोपमा आमा पक्राउ

सिराहामा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।

सखुवानन्कारकट्टी गाउँपालिका वडा ५ घर भई लहान नगरपालिका वडा नम्बर १ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गत मंगलबार बिहानदेखि ५ वर्षीय छोरा आयुश नभेटेको उनले छिमेकीहरुलाई बताएकी थिइन्। छिमेकीले खोजी गर्दा बालक भेटिएका थिएनन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले खोजी गर्दा सरिता सुत्ने कोठामै आयुशको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए।

‘उनी सुत्ने कोठामा रहेको खाटको घर्राभित्र आयुशको शव फेला परेको हो,’ उनले भने, ‘घाँटी थिचेर हत्या गरेकोजस्तो देखिन्छ। उनले बयानमा पनि छोराको हत्या गरेको स्वीकार गरेकी छन्।’

शवको पोस्टमर्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने उनले बताए।

सरिताविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »