Century Times

समाज निर्माणमा युवाहरुको भूमिका अपरिहार्य : मुख्यमन्त्री सिंह

समाज निर्माणमा युवाहरुको भूमिका अपरिहार्य : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाज निर्माणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ४ रामचोकस्थित श्रीराम युवा कमिटीको नवनिर्मित राम व्यायामशालालाई उद्घाटन गर्दै उनले यस्तो बताएका छन् ।

उनले आज भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण भएको व्यायामशालाको उद्घाटन गरेको हो । व्यायामशाला २५ लाखको लागतमा निर्माण भएको श्रीराम युवा कमिटीको अध्यक्ष प्रमेश्वर साहले बताएको छ ।

मुख्यमन्त्री सिंहले उनले भने, ‘अहिले धेरैजसो युवाहरु विसङ्गतिमा फसिरहेको छ। । भविष्यको कर्णधार ती युवाहरुलाई त्यसबाट टाढा राख्न युवा क्लवहरुले अहम भूमिका खेल्नुपर्छ।’ पछिल्लो समय युवापुस्ता विसङ्गतितर्फ लागिरहेको अवस्थामा यस खालका व्यायामशालाले विसङ्गतिलाई रोक्न महत्वपूण भूमिका खेल्ने मुख्यमन्त्री सिंहले बताए ।

मधेश प्रदेश सरकारको बजेटमा युवाहरुलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए । सरकारले अगामी आर्थिक वर्षमा सुर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागू औषधि दुव्र्ययसन न्यूनीकरण गर्न मधेश प्रदेशको ८ वटै जिल्लामा पुनस्थापना केन्द्र संचालनमा ल्याउने सरकारको तयारी रहेको मुख्यमन्त्री सिंहले बताए ।

उनले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने बताए ।

मुख्यमन्त्री सिंहले सबैलाई व्यायामशालाको भरपुर उपयोग गर्न आग्रह गर्दै यसको संरक्षण र सम्बद्र्धन गर्ने दायित्व पनि नागरिकको रहेको बताए ।

स्वास्थ्य सेवालाई थप विस्तार गर्न नागरिक स्वस्थ रहनुपर्छ भन्ने मूल ध्येयले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी’’ नाराका साथ हरेक पालिकासँगको समन्वयमा नागरिक आरोग्य केन्द्रको स्थापना गरी स्वस्थ्य नागरिक समृद्ध प्रदेशको अभियान समेत संचालन गरिने उनले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »