Century Times

प्रधानमन्त्री प्रचण्डद्वारा नेपालकै सबै भन्दा लामो झुलंगे पुलको उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा नेपालकै सबै भन्दा लामो झुलंगे पुलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सबै भन्दा लामो झुलंगे पुलको उद्घाटन गर्नुभएको छ ।

शनिबार प्रधानमन्त्री प्रचण्डले धनुषाको जनकनन्दनी गाँउपालिकाको कठाल र सिरहाको मलहनियालाई जोडने नेपालकै सबै भन्दा लामो झुलंगे पुलको आज समुदघाटन गर्नुका साथै कमलामा बन्ने पुलको शिलान्यास समेत गर्नुभएको छ ।

ुसो क्रममा प्रधानमन्त्री प्रचण्डले मधेशको विकासमा आफू निरन्तर काम गरिरहेको बताउनु भयो । उनले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गरे । उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए ।

नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »