Century Times

सप्तकोशीका ५६ मध्ये ४६ ढोका खोलिए, सतर्क रहन आग्रह

सप्तकोशीका ५६ मध्ये ४६ ढोका खोलिए, सतर्क रहन आग्रह

सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् ।

पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। यो बहाव यस वर्षकै उच्च रहेको यादवले बताए ।

प्रमुख जिल्ला अधिकारी यादवले सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गर्दै प्रहरीबाट निगरानी बढाइएको जानकारी दिए ।

बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकामा नदी आसपासका बस्तीहरूमा सुरक्षित रहन भनिएको प्रजिअ यादवले बताए ।

यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकालगायत प्रभावित स्थानका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »