बारामा बस पल्टिँदा १३ जना घाइते भएका छन्।
बिहीबार बिहान १० बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित पसाहा पुल नजिकै दुर्घटना हुँदा १३ जना घाइते भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
दुर्घटना भएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरूको उद्धार गरेको हो।
दुई जना घाइतेको अवस्था गम्भीर छ।
मलंगवाबाट वीरगंज जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको बस गति अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त गाडीमा ३१ जना यात्रुहरू सवार थिए।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उनीहरूको उद्धार गरेको थियो।
गम्भीर घाइते भएका २ जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीमा राखेर सिमरा अस्पताल लगिएको छ।
Century Times
