Century Times

जनकपुरधाममा जसपाका युवा र विद्यार्थीको प्रदर्शन

जनकपुरधाममा जसपाका युवा र विद्यार्थीको प्रदर्शन

मधेश प्रदेशको मन्त्रिपरिषद् २० सदस्यीय पुर्‍याएको विरोधमा जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयअगाडि जसपा नेपालका युवा र विद्यार्थी संगठनले सोमबार (आज) प्रदर्शन गरेका छन् ।

जसपा नेपालनिकट समाजवादी युवा संघ र समाजवादी विद्यार्थी यूनियनले सिटी जुलुस निकालेको हो । निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालयअगाडि पुगेका प्रदर्शनकारीले मधेश सरकारविरुद्ध नाराबाजी गरे ।

निषेधित क्षेत्र (सुरक्षा घेरा) तोड्ने क्रममा जसपा नेपालका युवा, विद्यार्थी र सुरक्षाकर्मीबीच सामान्य झडपसमेत भएको छ ।

प्रदर्शनकारीले मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयताको बदनाम गरेको भन्दै राजीनामा पनि मागेका छन् ।

मधेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छ ‌।

जम्बो मन्त्रिपरिषद् बनाएपछि मुख्यमन्त्री सिंह विवादित बनेको छ । उनलाई आफ्नै जनमत पार्टीले स्पष्टीकरणसमेत सोधेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »