जनकपुरधाममा निर्माण हुने भनिएको श्रीराम जानकी बहुउद्येश्यीय अन्तर्राष्ट्रिय रंगशालाको डीपीआर तयार प्रक्रिया अगाडी बढाउन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निर्देशन दिएका छन् ।
श्रीरामजानकी अन्तराष्ट्रिय रंगशाला निरिक्षण गर्न जनकपुरधाम आई पुगेका मन्त्री चौधरीले ११औं रास्ट्रीय खेलकूद मधेशमै हुने भएका सोही अनुरुप तयारी गर्नेगरी खेल मैदानको डीपीआर तयार पार्न निर्देशन दिएका हुन् ।
उनले भने ‘११औँ राष्ट्रिय खेलकुद यही हुन्छ तर खेलमैदानको अवस्था त्यस लायक छैन, अब बनाउनु पर्छ , छिटो डीपीआर तयारी प्रक्रिया अगाडी बढाउनुस् ।’ उनले जनकपुरधाममा अन्तर्राष्ट्रिय रंगशाला बनाउन भारत सरकार साकारात्मक देखिएकाले पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले जनकपुरधामका लागि घोषणा गरेको एक सय करोड रुपैयाँ अन्तर्राष्ट्रिय रंगशालामै खर्च गर्ने गरी तत्काल प्रक्रिया अगाडी बढाउन भने ।
नेपालमै पहिलो अन्तर्राष्ट्रिय रंगशालाको रुपमा श्रीरामजानकी अन्तराष्ट्रिय रंगशाला निर्माण हुन लागेको हो । डीपीआर तयार गर्न राष्ट्रिय खेलकुद परिषद् केही महिनाअघि नै प्रदेश सरकारलाई पत्र लेखेको छ । तर राजनितिक उथलपुथल लगायत विभिन्न कारणहरुले ढिलाई हुँदै आएको छ ।
निरिक्षणको क्रममा मधेश प्रदेशका मुख्यमंत्री सतीश सिंह, भौतिक पुर्वाधार मंत्री सरोज यादव , जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख मनोज साह र अभियानी दिनेश पुर्वे लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
Century Times
