Century Times

थुनुवा फरार घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन

थुनुवा फरार घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा भागेको घटना छानबिन गर्न समिति गठन गरिएको छ।

नेपाल प्रहरी प्रदेश कार्यालयका जनकपुरका एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा समिति गठन गरिएको छ छ समितिमा एसपी बोहरा र इनस्पेक्टर सन्दीप यादवसहित ५ जना सदस्य छन् । 

सोमबार बिहान ३ बजेर ५५ मिनेटमा ९ जना थुनुवा शौचालयको भेन्टिलेटर तोडेर भागेका हुन् । हिरासतबाट अभास्कर कुमार यादव, रोशन कुमार मण्डल, रञ्जित मण्डल अमित कुमार झा, विशाल मुखिया, नाबालक सुमित मेस्तर र बिक्की कार्की भागेका हुन् । 

उनीहरूमध्ये ७ जना फेला परेका छन् । फरार दुईजनाको खोजी भइरहेको एसपी बोहराले जानकारी दिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »