Century Times

२२१ किलो गाँजासहित जनकपुरधामबाट एक जना पक्राउ

२२१ किलो गाँजासहित जनकपुरधामबाट एक जना पक्राउ

लागुऔषध गाँजासहित धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

२२१ के. जी. ३८ ग्राम गाँजा सहित प्रहरीले प्रकाश लुड्वालाई पक्राउ गरेको हो । धनुषा प्रहरीबाट विशेष सुचनाको आधारमा खटेको टोलीले जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडीबाट भिमफेदी गाउँपालिका २का २४ वर्षिय लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मकवानपुरको भिमफेदीबाट जनकपुर तर्फ आउदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडीपट्टीको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरि ल्याउदै गरेको प्रतिबन्धित २ सय २१ केजी लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »