नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा उम्मेदवारी दिएकी जुलीकुमारी महतोले यहाँका महतदाताले आफूमाथि विश्वास गर्ने दावी गरेकी छन् । २०७९को निर्वाचनमा यहाँका मतदाताले आफूमाथि देखाएको विश्वास यस पटकको निर्वाचनमा पनि कायम रह्ने दावी गरिन् ।
आइतबार जनकपुरधाम उपमहानगर वडा नम्बर १६ कपिलेश्वरमा पुगेकी जुलीलाई स्थानीयले गरेको स्वागत देखेर भनिन् ‘पछिल्लो निर्वाचनमा यहाँका मतदाताले काम गर्ने अवसर दिएका थिए, सोही अनुसार काम पनि अगाढि भएको तर कार्यकाल पूरा हुन नपाउँदै निर्वाचनमा होमिनु परेको छ ।’ ती योजनाहरु पूरा आफूले नै पूरा गर्ने विश्वास यहाँको मतदातामा रहेको बताए ।
उम्मेदवार महतोले आफूले यस क्षेत्रको विकासका लागि ल्याएका योजनाहरु कार्यकाल पूरा नहुँदै निर्वाचनमा जाने परस्थितिको सिर्जना भएकाले यहाँका मतदाता आफूलाई नै अवसर दिने बताइन् ।
बिना नीति, बिना भिजनको नयाँ भनाउने दलहरु पुरानो दलहरुप्रति मतदातामा वितृष्णा उत्पन्न हुँदै गइरहेको झठ फैलाईरहेको उनले दावी गरिन् । उनले एमालेले संविधान रक्षा, राष्ट्रिय स्वाधिनताको सवालमा लड्दै आएको दल रहेको कुरा यहाँका मतदाताहरुलाई राम्ररी थाहा रहेको बताइन् ।
एमाले नेतृत्वको सरकार नेपालको विकास तथा समृद्धिको सपना बोकेको दल रहेको दावी गर्दै उम्मेदवारले मधेसको विकासका लागि एमाले नेतृत्वकै सरकारले नेपाल रेलको स्तरोन्नति, सुनकोशी मरिन कमला डाइभर्सन योजना, जनकपुरधामलाई वैवाहिक गन्तव्य स्थलको रुपमा विकासका लागि योजना अगाठि बढाएको उनले स्मरण गराए । उम्मेदवार महतोले यहाँका मतदाता यी विषयहरुमा जानकार रहेकाले फेरी एमाले नेतृत्वकै सरकार यहाँका मतदाता देख्न चाहिरहेको दावी गरिन् ।
Century Times
