Century Times

क्लोथ बैंक धनुषाको सक्रियतामा ऑक्सीजन सिलिंडर व्यवस्थापन हुदै


जनकपुरधाम :
 सरकारहरुले समेत गर्न नसकेको काम जनकपुरधाममा परोपकारी संस्था क्लोथ बैंक धनुषाले गर्न लागेको छ । कोरोना संक्रमण पुष्टी भएकाहरुलाई क्लोथ बैंक धनुषाले घरमै चिकित्सकिय परामर्श र आवयश्क परे अक्सिजनको समेत व्यवस्था गर्न लागेको छ ।

कोरोना संक्रमण भएर होम आइशोलेसनमा बस्नेहरुका लागि परोपकारी संस्था क्लोथ बैंक धनुषाले निःशुल्क चिकित्सकीय परामर्श र आवयश्क परे घरमै निशुल्क अक्सिजनको व्यवस्थापनमा जुटेको छ । त्यसका लागि अभियान नै थालेका बैंकले आज प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

५१ सदस्सीय चिकित्सकहरुको एक समुह बनाएर चिकित्सको निगरानीमा रहने विरामीलाई आवयश्क परेको खण्डमा जिल्ला प्रशासन कार्यालय मार्फत अक्सिजन उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । यसमा जिल्ला प्रशासन कार्यालयले समेत सहयोग तथा समातित्व ग्रहण गरेको छ । राम्रो काम भन्द्र सिडिओ प्रेम प्रसाद भट्टराईले एकजना कर्मचारी खटाएर अक्सिजनको वितरण व्यवस्थापन गर्ने बताए ।

साथै अभियानमा प्रमुख जिल्ला अधिकारीले समेत २० वटा अक्सिजन प्रदान गरेको छ । सुरुमा दुईसयजनाको लागि अक्सिजन व्यवस्थापन गरिने अक्सिजन व्यवस्थापन समिति संयोजक मनोज चौधरीले बताए । चिकित्सक समुहका संयोजक डा. अजय मिश्रले अभियान सवैका लागि भएकाले सवैले सहयोग गर्नुपर्ने बताए । जिल्ला प्रशासन कार्यालय र क्लोथ बैंकको यो पवित्र कामको हिस्सा बनेर आफुहरुलाई खुसी लागेको उनको कथन छ ।

२ सय सिलिन्डर मध्ये अहिले सम्म जिल्ला प्रशासन कार्यालय २० थान, क्लोथ बैंक १०, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषद ३, माँ जानकी यातायात प्रा.ली २, गोपाल साह १, कैलाश जैन १ र जनकपुरधाम बस व्यवसायी संघका संस्थापक अध्यक्ष तथा पिपरा महोतरीका पुर्व अध्यक्ष नरेन्द्र मोहन मिश्रले १ थान गरि ३८ थान सिलिन्डर व्यवस्था भइसकेको बैंकका अध्यक्ष राजिव झाले बताए । अहिले सम्म पाँचजना विरामीहरु बैंकको अभियान अन्तर्गत केयरमा बसेका छन् ।

Image may contain: 1 person

स्रोत: SP Khabar र दीपक चौधरी

Leave a reply

Your email address will not be published. Required fields are marked *

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »