Century Times

हङकङमा ७४ संक्रमित थपिए, आधा संक्रमित क्वाइ सिङ कन्टेनर टर्मिनलसँग सम्बन्धित

हङकङमा ७४ संक्रमित थपिए, आधा संक्रमित क्वाइ सिङ कन्टेनर टर्मिनलसँग सम्बन्धित

हङकङमा आइतबार ७४ नयाँ कोरोना भाइरस ‘कोभिड १९’ संक्रमित थपिएका छन्।

यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ४ हजार ४८० पुगेको छ। यहाँ कोरोनाबाट हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ।

एससीएमपीका अनुसार हङकङमा ३४ सयभन्दा बढी कोरोना संक्रमित व्यक्ति भने स्वस्थ भएर घर फर्किसकेका छन्।

आइतबार थपिएका नयाँ संक्रमित व्यक्तिहरुमध्ये आधा जति संक्रमितहरु क्वाइ सिङ कन्टेनर टर्मिनलसँग सम्बन्धित भएको बताइएको छ।

केही समय अगाडि टर्मिनलमा काम गर्ने २९ व्यक्तिहरुमा कोरोना पुष्टि भएको थियो। हाल ३४ संक्रमित यसै टर्मिनलमा काम गर्ने व्यक्तिहरुको सम्पर्कबाट कोरोना संक्रमित बनेको बताइएको हो।

हङकङमा कोरोना संक्रमण शुन्यमा झरेको थियो। तर गत महिनाको मध्यबाट हङकङमा नयाँ संक्रमितहरु पुनः देखिन थालेका छन्।

यसबीचमा चीनका विज्ञहरुको टोली हङकङमा कोरोना नियन्त्रण गर्न पनि आएका छन्।

हाल हङकङमा खुकुलो बनाइएको कोरोनाविरुद्धको नियमलाई फेरि कडा बनाइएको छ।

यहाँ मास्क अनिवार्य लगाउन निर्देशन दिइएको छ भने होटल तथा रेस्टुरेन्टमा बसेर खान प्रतिबन्ध लगाइएको छ।

Source:nepalkhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »