Century Times

प्रदेश २ को सत्ता समीकरण फेरबदल तयारी : जसपामा मुख्यमन्त्री राउतको विकल्प खोजिदै

प्रदेश २ को सत्ता समीकरण फेरबदल तयारी : जसपामा मुख्यमन्त्री राउतको विकल्प खोजिदै

जनकपुर | राजपा र सपा मिलेर बनेको जसपा अर्थात जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश २ सरकारमा नेतृत्व फेरबदलको प्रक्रिया सुरु भएको छ ।

२ दल मिलेर एउटै दल बनेपछि कानून अनुसार प्रदेशसभामा पनि संसदीय दलको निर्वाचन गर्नुपर्ने भएकाले नेतृत्व फेरबदलको पक्रिया सुरु भएको हो ।

Image may contain: 1 person

यसअघि, फोरमका संसदीय दलका नेता लालबाबु राउत र राजपाका नेता जितेन्द्र सोनल चुनिएका थिए तर अब दुई दल एक भएपछि कुनै एक जना मात्र नेता चुन्नुपर्ने हुन्छ ।

त्यसका लागि अब भने राउत र सोनलसंगै मनिषकुमार सुमन, उपेन्द्र महतो, विजयकुमार यादव लगायतले नेता बन्नुपर्ने आआफ्ना दावी गरेका छन् ।

यता, कोरोना भाइरसको महामारी नियन्त्रण र प्रदेश सरकार सञ्चालनमा प्रदेश नं. २ का मुख्यमन्त्री राउत असफल भएको बताउँदै उनलाई हटाउँने माग उठ्न थालेको छ ।

प्रदेश सरकारको अढाई वर्षको कार्यकालमा कुनै उपलब्धिमुलक काम गर्न नसकेको आरोप लगाउँदै प्रदेशका अधिक्तम सांसद्ले मुख्यमन्त्री परिवर्तन गर्न माग गरेका हुन् ।

जनता समाजवादी पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार चार दिन पहिले पार्टीका १४ संसाद्ले मुख्यमन्त्री राउतलाई पदबाट हटाएर अरुकसैलाई प्रदेशको जिम्मा दिने पार्टी अध्यक्ष तथा वरिष्ठ नेता समक्ष माग राखेका छन् ।

प्रदेशका सांसद्हरुले मुख्यमन्त्री राउतको सट्टामा कुनै स्वच्छ र राजनीतिक परिपक्कता भएको व्यक्तिलाई मुख्यमन्त्री बनाउँन माग गरेका हुन् ।

मुख्यमन्त्री राउतपनि आफ्नो कुर्सि धरापमा रहेको थाह पाएपछि प्रदेशको जनतालाई कोरोना महामारीसँग एक्लै लड्नका लागी छोडेर पद बचाउँन एक सातादेखि काठमाडौंमा बसेर पार्टी नेता कहाँ लबिङ गरिरहेका छन् ।

मुख्यमन्त्री राउत अहिले पनि तत्कालिन समाजवादी पार्टीको तर्फबाट संसदीय दलका नेता छन् । त्यस्तै तत्कालिन राजपाको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री सोनल संसदीय दलका नेता हुन् ।

पार्टी संसदीय दलका नेता जो बन्छ उ नै मुख्यमन्त्री बन्ने चलन छ । तर, प्रदेशका सांसद्हरु मुख्यमन्त्री राउतलाई संसदीय दलको नेता नबनाउँन माग गरेका छन् ।

नेपालको संविधान २०७२ को धारा १८९ अनुसार संसदीय दलको नेता छनोट गरिनु पर्ने व्यवस्था छ। संसदीय दलको नेता मात्र मुख्यमन्त्री बन्ने प्रवधान छ । पार्टी एकीकरण पश्चात एउटै दलको नेता चुन्नु पर्ने बाध्यता पार्टीसँग छ ।

पार्टी एकीकरणपछि प्रदेश २ को मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्न हालका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनल र आर्थिक विकास योजनामन्त्री विजयकुमार यादवको नाम चर्चामा छ।

No photo description available.

मुख्यमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्छ । मुख्यमन्त्रीका लागि दलको नेता बन्न नेताहरुको दौडधुप छ । पार्टी अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई, डा. बाबुराम भट्टराईलाई भेट्नेको भीड बढेको छ ।

मुख्यन्त्री राउत फेरि संसदीय दलको नेता बनेर मुख्यमन्त्री पद जोगाउन आफ्ना निकट नेतासँग छलफलमा व्यस्त छन् तर उनलाई दोहोर्‍याउने पक्षमा शिर्ष नेतृत्व नरहेको स्रोतले दावी गरेको छ ।

जनता समाजवादी पार्टीका ५५ प्रदेशसभा सदस्य छन् । २९ जना तत्कालीन समाजवादी र २५ जना राजपाबाट प्रदेश सभा सदस्य छन् । एक स्वातन्त्र निर्वाचित भएका प्रदेशसभा सदस्य गरेर यो पार्टीको पक्षमा ५५ जना छन् ।

जसमध्ये सभामुख र उपसभामुख बनेपछि संसदीय दलको चुनावमा मतदान गर्ने मतदातको संख्या ५३ छ । ५३ जना मध्ये एक संसदीय दलको नेता बन्छ । त्यो मुख्यमन्त्री बन्ने छन् ।

स्रोत: नागरिक टाइम्स

Image may contain: screen
No photo description available.

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »