Century Times

गणेश युवा कमिटी द्वारा निर्देशक समिति गठन

गणेश युवा कमिटी द्वारा निर्देशक समिति गठन

जनकपुरधाम : श्री गणेश युवा कमिटिको नयाँ कार्यसमितिको पहिलो बैठकले १० सदस्सीय निर्देशक समिति गठन गरेको छ । समितिको वरिष्ठ निर्देशकमा उद्योग बाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिरा सहित निर्देशकहरुमा राजेश अग्रवाल, प्रमेश झा, प्रमोद अग्रवाल, बलराम साह, सुर्दशन सिंह, पत्रकार पुरन साह (रौनियार), दिपेन्द्र साह, जय प्रकाश गुप्ता र श्रवण साह सर्व सम्मत चयन भएका छन् ।

साथै बैठकले कमिटिको अध्यक्षीय सल्लाहकारमा पुर्व अध्यक्ष शंकर प्रसाद साह र कानुनी सल्लाहकारमा अधिवक्ता सुदिप कोइरालाका साथै लेखा परिक्षकमा हरी किशोर लाल कर्ण लाई सर्वसम्मत चयन गरेको छ । जनकपुरधामको सवै पक्षका अगुवाहरुलाई समेटेर बनाइएको समितिले कमिटिलाई रच्नात्मक काम र सहि दिशानिर्देश गर्ने छ । साथै पुर्व अध्यक्ष सन्तोष साह र शंकर प्रसाद साह सहितको सहभागितामा विधान संसोधन समिति समेत निर्माण गरेको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »