
#जहाँ गाछ ना वृक्ष उहाँ लेरि प्रधान ।हामी जनतालाई दोष दिन्छौ कि जनताले मासु भातमा बिकयो।यो कुरा हामी भन्दैनौ यो कुरा त्यही नेताले भन्छ जो जन्तालाई मासु भात खुवाएर हारेको हुन्छ र त्यही कुरा सुनेर सबै जनता पनि आफू ले आफैलाई दोष दिन थाल्छन।तर हामी एक चोटि पनि यो कुरा सोचेका छौ कि चुनाव मा सब त्येस्तै खालका उम्मेदवार चुनावी प्रतिस्पर्धा मा थियो ।हामी लाई आज लागिरहेछ कि त्यो जितेको भए राम्रो काम गर्थ्यो भने यो हाम्रो भ्रम मात्र हो।आज त्यो पनि जितेको भए यस्तै हालत हुन्थ्यो किनभने #पार्टीका_नेताले_चाहदछैनकी राम्रो र ईमानदार ब्यक्ति राजनीतिमा आओस् किनकि यदि राम्रो मान्छे राजनीतिमा आयो भने धेरै नेताहरुको राजनीति ब्यापार खतरा मा भैहाल्छ।र इतिहास पनि गवाह छ जानताले अरुलाई मौका दियो भने त्यो पनि पछि त्यस्तै नै निस्क्यो । त्यसैले चुनावको लड्छ यो पार्टीले निर्णय गरेको ब्यक्तिलाई मतदान होईन जनताको निर्णयले चुनावी मैदानको प्रतिस्पर्धामा आएको ब्यक्तिलाई मतदान गरौ। हामी भन्छौ यो पाली त कांग्रेस पार्टी ले जित्छ त कोहि भन्छ यो पाली त पक्का एमाले ले जित्छ त कोई भन्छ मधेशवादी पार्टी ले जित्छ ।यहाँ हामी कुनै पार्टीलाई जिताउनको लागि होईन राम्रो विकासप्रेमी नेतालाई जिताउनु पर्छ।चाहे त्यस्ता नेतालाई पार्टीले टिकट देयोस वा जनता ले स्वयेम स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानको प्रतिस्पर्धामा उतारेर जिताउन किन न परोस्। जय मधेस ! जय नेपाल !! जय मातृभूमि !!! नेपालको जय होस सबै नेपाली जनताको जय होस ! धन्यवाद ! नेपाल बिद्यार्थी संघ विद्यार्थी नेता :ओमेश्वर साह (जिल्ला सह सचिव पर्सा)