


काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट धोती जुलस निकालिन लागिएको छ ।
युवा संघ प्रदेश २ ले आयोजना गर्न लागेको धोती जुलुस माइतीघर मण्डलाबाट प्रज्ञा भवनमा गई एउटा कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।
नेकपाका प्रभावशाली युवा नेता संजीव कुमार झा सुरजको नेतृत्वमा काठमाडौंमा धोती जुलुस निकालिन लागेको हो ।
युवा नेता झाका अनुसार संस्थापन नेकपा र यसका अध्यक्ष केपी शर्मा ओलीको समर्थन गर्दै जुलुस प्रदर्शन गर्न लागिएको हो ।
जुलुसमा सहभागीहरुले धोती, गम्छा र कुर्था लगाएर प्रदर्शन गर्नेछन्, युवा नेता अभिषेक अग्रवालले जानकारी दिएका छन ।
धोती जुलुसमा नेकपाका स्थायी समिति सदस्य योगनारायण यादव, नेता महेश बस्नेत लगायतले सम्बोधन गर्नेछन् ।