Century Times

मदरसा शिक्षामा बालमैत्री शिक्षण आजको आवश्यकता

शिक्षा दान होइन अधिकार हो ,आधारभूत मानव अधिकार हो ।शिक्षा व्यवसाय पनि होइन यो त सार्वजनिक सेवा हो ।शिक्षा प्राप्त गर्न पाउनु प्रत्येक बालबालिकाको जन्मसिद्ध अधिकार हो ।आफ्नो सम्पूर्ण बालबालिकाहरुलाई शिक्षाको पहुँच सुनिश्चित गर्नु लोककल्याणकारी राज्यको कर्तव्य हो ।”अधिकार विहिनहरूको लागि अधपकार ,आवाज विहिनहरुको लागि आवाज “भन्ने भावानको कदर गरि प्रत्येक बालबालिकाको छोडेको होइन रोजेको शिक्षा पाउने लोकतान्त्रिक हकलाई स्थापित गर्नु हो ।हरेक बालबालिकालाई केन्द्रबिन्दुमा राखेर सहज वातावरणमा मित्रवत व्यवहार गरेर ,मनोरञ्जन गराउँदै ,उनीहरूको ईच्छालाई बुझ्ने ढंगबाट बालमैत्री सिकाई साम्रगीको प्रयोग गरि गुणस्तरीय शिक्षा प्रदान गर्न र बालबालिकाहरुको चौतर्फी विकासका लागि सहयोग पुर्‍याउने गरि गरिने सम्पूर्ण क्रियाकलापको समष्टिगत रुपलाई नै वास्तवमा बालकेन्द्रित शिक्षण सिकाई हो ।आजको २१अौँ शताब्दीमा विद्यालय ,क्याम्पस ,विश्वविद्यालय,गुरुकुल,मदरसा र गुम्बामा बालमैत्री शिक्षण हुनु आजको आवश्यकता र अपरिहार्यता देखिन्छ।त्यसकै सन्दर्भमा मदरसा शिक्षामा बालमैत्री शिक्षण र समयसापेक्ष सान्दर्भिक पाठ्यक्रम र पाठ्यपुस्तक,व्यावसायिक , प्राविधिक र जीवनपयोगी विषयवस्तु ,व्यक्ति ,समाज ,देश र विश्वपरिवेशको माग,आवश्यकता , समयसापेक्ष र बदलिँदो परिस्थितिका बिषयवस्तु मदरसा शिक्षाको विषयवस्तुमा राखिनुपर्दछ।जसले मदरसामा अध्ययन गरिने बालबालिकाहरुले सर्वाङ्रगीण विकासमा महत्त्वपूर्ण भूमिकामा खेल्दछ।मदरसा हरेक पृष्ठभूमिका बालबालिकाहरु आएर सिक्ने ठाउँ हो ।त्यसैले उनीहरूको ईच्छा -आकांक्षा र रुचिलाई बुझेर क्रियाकलाप गर्नुपर्दछ ।त्यस‌ैले बालमैत्रि विद्यालय /मदरसामा बालबालिकालाई सिकाई वातावरण समान अवसर प्रत्येक बालबालिकाको अन्तरनिहित क्षमताको उजागर ,उनीहरुको सृजनशीलतालाई सजिलैसँग प्रस्फुटन गर्ने उनीहरूलाई दक्ष,सिपयुक्त र प्रतिस्पर्थी गराई असल नागरिक बनाउने दिशातर्फ केन्द्रित गराउनुपर्दछ।
नेपालमा रहेका मदरशामा परम्परागत ढाँचाको शिक्षा प्रणाली रहेका छन्।जहाँ घोकाउने,कष्ठ गराउने खालको शिक्षण पद्धति रहेका छन्।जहाँ शिक्षण क्रियाकलापमा मौलाना र मौलवी सक्रिय रुपमा रहेका छन्।मौलानाले भन्ने अनुसार कष्ठ गर्ने,घोक्न सकेन भने दण्ड दिने प्रचलन रहेको पाईन्छ ।मदरसामा विद्यार्थीहरुलाई पिट्ने,अभद्र व्यवहार गर्ने,घाइते हुने,अङ्भङ्ग हुने गरि पिट्ने गरेकोे पाईन्छ ।यसरी पिटनु वा दण्ड दिनु भनेको मनोबैज्ञानिक ढृष्टिले जघन्य कार्य हो ।मनोबैज्ञानले बालबालिकालाई रुचि,चाहना,बुझेर शिक्षण गर्नुपर्ने कुरामा जोड दिन्छ।मनोभावना नबुझी दण्ड दिएर शिक्षा प्रदान गर्दा अपेक्षित उदेश्य प्राप्त हुन सक्दैन ।

बालमैत्री मदरसा शिक्षा बनाउने तरिकाहरु:-
१)विद्यार्थी र मौलानाबीच एक आपसलाई सम्मान गर्ने /गराउने ,
२)बालबालिकाले निर्भीक रुपमा आफ्नो कुरा अभिव्यक्ति गर्ने पाउने अवसर सिर्जना गर्ने ,
३)मदरसा र कक्षाकोठा हिंसारहित तथा भयमुक्त वातावरण सिर्जना गर्ने ,
४)कक्षाअनुसार बालमैत्री बसाइँ व्यवस्थापन गर्ने
५)शिक्षणसिकाई क्रियाकलापमा सबै विद्यार्थीहरुको सक्रिय सहभागिताको सुनिश्चितता गर्ने
६)कक्षाकोठामा पर्याप्त शौक्षिक साम्रगी र मदरसामा खेलकुद साम्रगी व्यवस्था गर्ने ।
७)मदरसामा मनोरञ्जनात्मक साधन तथा नियमित रुपमा अतिरिक्त क्रियाकलाप व्यवस्था गर्ने
८)उपयुक्त तथा पर्याप्त तथा कक्षाकोठा ,बस्ने व्यवस्था गर्न
९)छात्र -छात्रा तथा मौलाना र आलिमाहरुको लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गर्ने
१०)सुरक्षित खानेपानीको व्यवस्था
११)मदरसा हातामा घेराबार अथवा पर्खालको व्यवस्था गर्ने ।
१२)बालरुचि अनुसारको विविध प्रकारका पुस्तक ,तथा पाठ्यसामग्रीको व्यवस्था गर्ने
१२)कक्षाकोठामा प्रकाश र हावा आउने झ्याल ढोकाको प्रबन्ध गर्ने ।

अर्थात् मदरसा शिक्षणमा कक्षाकोठा त्रास,भयरहित हुनुपर्दछ, भेदभाव रहित ,दण्डरहित र बालकेन्दित हुनुपर्दछ।
बालमैत्री मदरसामा हुनुपर्ने विशेषता/गुणहरु:-
१)घामपानी तथा बाहिरी प्रभावबाट सुरक्षा दिन सक्ने कक्षाकोठा
२)विद्यार्थीहरुको संख्याअनुसार कक्षाकोठा ,फर्निचर ,शौचालय ,खेलमैदान ,खानेपानी ,पुस्तकालय ,सुचना पार्टी ,फूलबारी
३)भौतिक पक्षबाट सुरक्षित तथा संवेगात्मक पक्षबाट उच्च पार्ने वातावरण
४)मदरसामा स्वास्थ सेवा तथा सुविधाहरु र प्राथमिक उपचार बाकस हुनुपर्ने ।
५)भूकम्प प्रतिरोधात्मक भबनको व्यवस्था
६)कक्षाकोठा अपांगमैत्रीपूर्ण हुनुपर्ने
७)विधुतीय उपकरणको उपलब्धता
८)समुदायसँग सम्बन्धित सामाजिक कार्य र अतिरिक्त क्रियाकलापमा मदरसाका विद्यार्थीहरुको सक्रिय सहभागीता
९)मौलाना र विद्यार्थी दुवैबिच सुमधुर सम्बन्ध र चिनजान हुनु
१०)मदरसामा विद्यार्थीको गुनासो सुन्ने व्यवस्था
११)मदरसामा एक अर्कोलाई होच्याउने गिज्याउने जस्ता व्यवहारमा नियन्त्रण
१२)सूचना र सञ्चारको प्रवाह
१३)सिर्जना र विचारको आदानप्रदानको अवसर
बालमैत्री मदरसाको लागि मौलाना र मोलवीहरुमा हुनुपर्ने गुणहरु:-
१)आफ्नो पेसाप्रति गौरव गर्ने
२)कुनै पनि किसिमको सजाय नदिने
३)सबै विद्यार्थीहरुको समान व्यवहार गर्ने
४)बाल सुरक्षाको अनुभूति दिलाउने
५)मौलाना र मोलवीको आचारसंहिताको व्यवस्था गरी कार्यनयन गर्ने ।
६)तालिम प्राप्त मौलाना र मौलवी हुनु
७)आफ्नो विषयवस्तुमा य‍ोग्य ,दक्ष र क्षमतावान मौलाना हुनु

नाम:-आशिक अल्ली
योग्यता :-स्नातकोत्तर (त्रिभुवन विश्वविद्यालय ,महेन्द्ररत्न क्याम्पस ,तहाचल ,काठमाडौँ

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

भर्खरका पोष्टहरू

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »