Century Times

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । बजेटको चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६.२६ प्रतिशत, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत र वित्ति व्यवस्थापनतर्फ १० करोड अर्थात ०.३० प्रतिशत बजेट प्रदेश सभामा प्रस्तुत गरिएको छ ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ३ अर्ब २ करोड १ लाख, वित्तीय समानीकरण अनुदान ५ अर्ब २६ करोड ५० लाख, समपुरक अनुदान ९२ लाख, विशेष अनुदानबाट १३ कारोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब १० करोड ७५ लाख र राजश्व बाँडफाँडबाट ५ अर्ब ९८ करोड २४ लाख उल्लेख छ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेश २ सरकारले कोरोना रोकथाम नियन्त्रण उपचाकरका लागि आवश्यक औषधि, किट्स लगायतका स्वास्थ्य समाग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरेको बताए ।

आगामी आर्थिक वर्षका लागि मृगौला रोगीलाई मध्यनजर गर्दै ३५ वटा डाइलयाइसिस मेसिन उपचार खरिद गर्न १२ करोड रुपैयाँ विनियोजन गरिएको बताए । निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि सरकारले २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । प्रत्येक जिल्लामा एक/एक वटा नमुना विद्यालय स्थापना तथा शैक्षिक स्तर अभिवृद्धि गर्न २४ करोड, समुदायिक विद्यालयमा अध्ययन विद्यार्थीका लागि खेलकुद तथा खेलमैदान बनाउन ८ करोड विनियोजन गरिएको छ । अदिवासी, दलित, मुस्लिम तथा मधेस आन्दोलनका सहिद परिवारलाई छात्रवृत्तिका लागि २ करोड, एक विद्यालय एक नर्सलाई निरन्तरता दिँदै ३ करोड ५० लाख विनियोजन गरिएको छ । विपन्न परिवारलाई रोजगारीका लागि ८ करोड, युवा स्वरोजगार कार्यक्रममा १५ करोड रकम विनियोजन गरिएको छ । उद्योगशिलता मार्फत रोजगारीका अवसर सिर्जना गर्न २८ करोड ५० लाख विनियोजन गरिएको छ ।

प्रदेशमा खेलकुद मुख्यमन्त्री रनिङ प्रतियोगिता, प्रदेशभित्रको मौलिक, धार्मिक क्षेत्रको विकासका लागि १६ करोड, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि दुग्ध उद्योग स्थापनाको सम्भाव्यता अध्ययनका लागि ४ करोड, दूध तथा मासु मिसन कार्यक्रममा, पशुपन्छी तथा मत्स्य विकासका लागि १३ करोड बजेट विनियोन गरिएको छ । चुरे संरक्षणका लागि १८ करोड ३६ लाख, सडक किनारमा वृक्षारोपण र फलफूल लगायतका अन्य विरुवा रोप्न ७ करोड ३८ लाख, प्रदेशको हरेक निर्वाचन क्षेत्रमा पोखरी संरक्षण संवर्द्धनका लागि ३२ करोड, मठ मन्दिर, धार्मिक गुम्बा लगायतका संरक्षणका लागि १८ करोड, पर्यटकीय पूर्वाधार निर्माण र सम्पदा संरक्षणका लागि १५ करोड, हरेक निर्वाचन क्षेत्रमा हरित पार्क निर्माण गर्न १६ करोड, स्नो सिटी फन पार्कका लागि १६ करोड, प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक निरन्तारता दिँदै ६७ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेशमा संचालनमा रहेका दलित गरिब आवस निर्माणको निरन्तरता दिन ८ करोड, विपन्न नागरिकलाई लक्षित गरी सुरक्षित आवासका लागि महेन्द्र नरायण निधि अवाास आयोजना शुभारम्भका लागि २० करोड, प्रदेशको कृषि विकास सुदृढिकरणका लागि मझौला सिचाइ आयोजना निर्माणका लागि ४१ करोड, बाढी पहिरोजस्ता समस्या र नदी नियन्त्रणका लागि ३० करोड, वडादेखि सदरमुकाम जोडने सडक निर्माण र ढलान गर्न ६८ करोड, सार्वजनिक निर्माण सम्बन्धी कार्यका लागि २० करोड, रामराजा सिंह र गजेन्द्रनरायण सिंहको शालिकका लागि ४ करोड र दुर्गानन्द झाको शालिक निर्माणका लागि २ करोड बजेट विनियोजन गरिएको छ ।

सुरक्षा निकायको भौतिक संरक्षण निर्माणका लागि, लागूऔषध नियन्त्रण, मधेस सहिद पार्कका लागि १ करोड ५० लाख, मधेस आन्दोलनका पीडित, सहिद परिवारका छात्रछात्राका लागि छात्रवृत्तिका लागि बजेट विनियोजन गरिएको छ । प्रदेशको ८ जिल्लामा दलित छात्राबासका लागि ८ करोड, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि २० करोड बजेट विनियोजन गरिएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »