मिति २०७८/०८/२० गते अन्दाजी १४:३० बजे Air India को उडान नं. AI 216 द्वारा काठमाण्डौंबाट दिल्ली जान लागेका यात्रु अमेरिकी नागरिक वर्ष ३९ को BRETT WILLIAM FERRON ले लिई आएको खैरो रंगको पछाडी भिर्ने ह्याण्ड ब्यागलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको X-ray Machine (B) मा चेकजाँच गर्ने क्रममा अमेरिकी डलर १५,७२९।– (पन्ध्र हजार सात सय उनान्तिस ) र नेपाली रुपैयाँ ६०,०००।– (साठी हजार ) लुकाई छिपाई अवैध रुपमा वाहीरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको
खबर प्राप्त गरेका छौ , थप विवरण आउन बाँकी ।

Century Times
