Century Times

काजि ऐ नेपाल मुफ्ति मोहम्मद उसमान रजवीको (जीवनी)

काजि ऐ नेपाल मुफ्ति मोहम्मद उसमान रजवीको (जीवनी)

मुफ्ति मोहम्मद उसमान रजवीको जन्म जनकपुर उपमहानगरपालिका -२३बिन्धीको लादोबेलामा भएको थियोे ।समाजसेवी हाजी .लोटन मिँयाको नाति रुपमा वहाँको जन्म भएको थियोे ।वहाँको बुबाको नाम हाजी म‍ोहम्मद गुलाम यासिन र आमाको नाम बदरुन निशाक‍ो गर्भबाट पहिलो सन्तानको रुपमा जन्म भएको थियो।”हुने विरुवाको चिल्लो पात “झै बाल्यकालदेखि नै तीक्ष्णबुद्धि ,आज्ञाकारी,मेहनति,पढाईप्रति असाध्यै रुचि राख्ने स्वभावका थिए।त्यसमा पनि सानैदेखि पारिवारिक वातावरणमा ईस्लामिक ज्ञान, रहनसहन,संस्कृतिले वहाँलाई प्रभावित पारियो तसर्थ सानैदेखि धार्मिक शिक्षा अर्थात् “आफू पनि ईस्लामिक धार्मिक गुरुको बन्ने ईच्छाले बाल्यकालको शिक्षा आफ्नै गाउँको मदरसाबाट आफ्नै चाचा मौलाना युसुफ कादरीबाट प्राप्त गरे।उच्च शिक्षा प्राप्त गर्ने भारतको मुजफ्फरपुर मदरसा अनबारुल ओलूममा भर्ना भए।त्यपछि मदरसा ऐजुकेशन बोर्ड पटनाबाट फाजिले हदिस,फाजिले उर्दु र फाजिले फारसि विषयमा उच्च अंक प्राप्त गरेका थिए।

आफ्नो अध्ययनको समयमा फाजिले हदिस विषयमा गोल्ड मेडलिस्ट प्राप्त गरेका थिए।ई.स.१९६८सीवान(भारत,विहार)को शहजाद अल्लामा हुजुर मफ्ति एआजमे हिन्दुस्तान मुस्तफा रजा खाँ बरेलीशरिफबाट मुरिद भए।ई.स.१९९८जनकपुर र महोतरीको(पररिया गाउँ )मा भएको जलसा “शहिदे आजम कन्फेन्समा “अमिने शरियत मुफ्ति कलिमुदिन साहब,सुन्नि दावते ईस्लामी अल्लामा अरशुल कादरी,मौलाना गुलाम रशुल बलियाबि लगायत थुप्रै मौलाना ,मुफ्ति र मुस्लिम समुदायक‍ो उपस्थितिमा वहाँलाई “काजि ऐ नेपालको “नामबाट सम्मानित गरियो त्यसपछि वहाँक‍ो उपनाम नै “काजि ऐ नेपाल “भयो।वहाँले नेपाल र भारतका मदरसाहरुमा मौलाना रुपमा शिक्षा दिए।वहाँ जहिले पनि अध्ययन अध्यापनमा रुचि राख्थे ।शान्त स्वभाव ,मिलनसार,सामाजिक सद्भाव,धार्मिक सहिष्णुता ,आपसि भाईचरा,राष्ट्रिय एकता ,समाजप्रतिक‍ ो दायित्व हरेक विषयमा आफ्ना तर्क र प्रवचन दिने गर्दथे।३०बर्षदेखि ईदारे शरिया जनकपुर मा “काजि ए नेपालको”रुपमा काम गरे।वहाँले जहिले पनि आफ्नो “पेशालाई सम्मान “गरेका थिए।वि.स.२०८७जेठ ३गते सोमबारका दिन ६६बर्षको उमेरमा” हुजुर काजि ए नेपाल”यस संसारबाट सदाका लागि विदा भए।वहाँले दिएका देन र योगदान अविस्मरणीय रहनेछ सदाका लागि।

लेखक को नाम :आशिक अल्ली

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »