Century Times

कर्मचारीहरुले भ्रष्टाचार गरेको भन्दै विवेकशिल साझा पार्टी बाराले जिल्ला मालपोत कार्यालय कलैयामा प्रदर्शन

कलैया

विवेकशिल साझा पार्टी बाराले जिल्ला मालपोत कार्यालय कलैयामा प्रदर्शन गरेको छ ।

मालपोत कार्यालयमा कर्मचारीहरुले भ्रष्टाचार गरेको भन्दै कर्मचारीहरुलाई खबरदारी गर्न र सेवाग्राहीलाई सचेत बनाउन प्रदर्शन गरिएको विवेकशिल साझा पार्टी बाराका अध्यक्ष डा. सुशिल कुमार साहले बताए ।

अध्यक्ष साहकै नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भ्रष्टाचारी कर्मचारी मुर्दावाद, भ्रष्टाचारी कर्मचारी राजीनामा दे, भ्रष्टाचारी कर्मचारीलाई कारवाही गर’ लगायतका नारा लगाएका थिए ।

मालपोत कार्यालयमा सेवाग्राहीसँग रकम लिएर मात्रै काम गर्ने गरेको गुनासो बढ्दै गएपछि विवेकशिल साझा पार्टीले प्रदर्शन गरेको अध्यक्ष साहको भनाई छ । भ्रष्टाचारी कर्मचारीकै कारण सरकारी कामकाजमा अनियमितता र ढिला सुस्ती हुने गरेको साहले आफू निर गुनासो आएको छ भनेका छन् । प्रदर्शनमा विवेकशिल साझा पार्टीका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो र यदि समय मै भ्रस्टचार र अ नियमित कार्य बन्द भयेन भने अर्को कदम चाल्ने वहा हरु को धर्ना छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »