Century Times

जातीय भेदभाव र छुवाछुत बिरुद्ध युवा पुस्ताको भूमिका

भेदभाव मानव सभ्यताकै एउटा कलंकका रुपमा रहेको छ। आज विश्व सभ्यताले चन्द्रमामा पाईला टेकेदेखि कृत्रिम बौद्धिकताको जमानमा आईपुग्दा पनि छुवाछूत जस्तो निकै घृणित परम्परा अझै पनि समाजमा विधमान छ।हाम्रो देशमा मात्र होईन,कतिपय दक्षिण एसियाली मुलुक एवम् विश्वका अन्य भूभागमा समेत यो समस्याले सामाजिक सद्भाव , एकता खल्बल्याएको छ,द्वन्द्व निम्त्याएको छ।निश्चित जातजातिलाई समाजकै केही मान्छेले अशोभनिय रुपमा अमानवीय व्यवहार गरेको निन्दनीय घटनाहरू वैलामौकामा घटेको देखिन्छन् ।

नेपालको सन्दर्भमा सामाजिक रुपमा सदियौं देखि जरो गाडेको जातीय विभेद १९९०सालमा जंगबहादुर राणाद्धारा जारी मुलुकी ऐनले कानुनी मान्यता पायो भने राजा महेन्द्रले १९६३मा जारी मुलुकी ऐनले त्यसलाई प्रतिस्थापन गर्यो ।राजा महेन्द्रद्धारा जारी मुलुकी ऐनले कानुनी रुपमा जातीय भेदभाव र छुवाछुत अन्त्य त गर्यो,तर त्यसको व्यावहारिक कार्यान्वयन सामाजिक प्रभाव शुन्य रहियो।वि.स.२०६३साल जेठ २१गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरियो। नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको झन्डै १५ वर्ष बितिसक्दा समेत अझै पनि देशका विभिन्न क्षेत्रमा सामाजिक व्यवहारमा छुवाछुत र विभेद हटन नसकेको थाहा भएकै कुरा हो। ‌जातीय भेदभाव तथा छुवाछुत विरूद्ध कसुर र सजाय ऐन भए पनि त्यसकै प्रभावकारी कार्यान्वयन हुन नसकेका फितलो र पहुँचवाला व्यक्तिको हातमा नै कानुन रहने जस्ता यावत् समस्या र त्यस कानुनको कार्यान्वयन हुन नसक्दा छुवाछुत प्रथा वर्षो सम्म अहीलेको २१औँ शताब्दीमा समाजमा “छुवाछुत र जातीय विभेद यथावत् नै रहेको छ।नेपालको संविधान २०७२को धारा २४मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हक भित्र राखेको छ।यसमा कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जातजाति, समुदाय, पेशा‌ व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत वा भेदभाव नगरिने उल्लेख गरिएको छ।

राज्यको कानुन ,मानवता ,सभ्य समाज र आधुनिक राष्ट्रका लागि जातीय छूवाछूत गम्भीर चूनौती रहेको छ। नेपालको संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरेर आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको छ।हरेक नेपालीलाई जातिय छुवाछुत तथा भेदभावको विरुद्ध एकताबद्ध भई ढृढतापूर्वक उभिन विशेषगरी “युवावर्गहरुलाई एकजुट हुनुपर्छ किनभने “आजको युवा भोलिका कर्णधार हुन ।”देश र समाज परिवर्तनको संवाहक हुन् ।”Young is the salt of nation”.युवाहरुको भूमिका:-१)हाम्रो बुझाए र दृष्टिकोणमा परिवर्तन गर्न अत्यावश्यक कुरा शिक्षा नै हो भने कुरालाई आत्मसात् गरि समाजमा आफू र आफ्नो परिवारलाई सबै कोणबाट सुसूचित पार्दै एक असल र सभ्य नागरिकको परिचय बनाउने।२)आफूभन्दा अघिल्लो पुस्ताका व्यक्तिहरुसँग बसेर सौहार्दपूर्ण वातावरणमा जातीय विभृद,यसका कारण ,असर र यसको वास्तविक यथार्थताका बारेमा गहन छलफल गरि आफ्नो परिवारलाई पूर्ण रुपमा विभेदमुक्त परिवार बनाउने।३)युवावर्गहरुले हाम्रो समाजमा गरिरहेका पुख्र्यौली काम ,कला ,सीप पेशालाई परिस्कृत गर्दै व्यवसायिक ढंगबाट सञ्चालन गर्न लगाउने सल्लाह र सुझाव दिने।४)विशेषगरी युवावर्गहरुले हाम्रो समाजमा रहेका दलित वर्गहरुको पारिवारिक वातावरण ,दैनिक व्यवहार,चालचलन र संस्कारलाई सभ्य बनाउन दलित समुदायलाई जनचेतना कार्यक्रम लगायत आपसि सल्लाह ,अन्तरक्रिया, छलफल जस्ता कार्यक्रम सञ्चालन गराउने।५)जातिय विभेद गर्ने वा गर्नका लागि दुरुत्साहन गर्ने व्यक्तिलाई तुरुन्त युवावर्गहरुले सामाजिक रुपमा वहिष्कार गर्ने र तुरुन्तै कानुनी दायरामा ल्याउने ,कानुन बमोजिम कारबाही गर्ने युवावर्गहरुले पहल गर्नै६)परम्परागत रुपमा चल्दै आएको बालीघरे प्रथालाई पूर्णरूपमा बन्द गर्नै जसले आत्मसम्मानमा ठेस पुग्नबाट रोक्छ।७)समाजका अगुवा व्यक्तिहरुसग छुवाछूत प्रथा हटाउने सम्बन्धमा हार्दिकताका साथ भलाकुसारी गर्ने।८)अरुलाई बदल्न कठिन हुन्छ तर आफू र आफ्नो व्यवहारलाई परिवर्तन गरेर मात्र पनि यस समस्याको समाधान गर्न सकिन्छ भन्ने कुरालाई युवावर्गहरुले आत्मसाथ स्वीकार गर्नुपर्छ।९)९)जुनसुकै सामाजिक समस्याको समाधानका निमित्त युवावर्गहरुलाई नि:स्वार्थ र सहयोगी भावनाका साथ अग्रसर युवावर्गलाई हुनुपर्छ।१०)दलित समुदायको परम्परागत पेसा,सीप र कलालाई व्यावसायिक र आधुनिकीकरण गर्नका लागि प्रोत्साहन गर्ने। समाजमा रहेका सबै प्रकारका विभेद ,असमानता र विकृतिहरुको अन्त्य गरि सभ्य र समतामूलक समाज निर्माण गर्नु आजको आवश्यकता हो।समाजमा सबै वर्ग ,जात,धर्म र लिङ्गको सहअस्तित्वलाई सम्मान गरि सामाजिक सहिष्णुता ढृढ राखी राज्यले राष्ट्रिय ,अन्तर्राष्ट्रिय रुपमा गरेका प्रतिबद्धता र सम्झौताहरुलाई कार्यन्वयनमा ल्याउनुपर्छ र सिंगो देशलाई सम्पूर्ण प्रकारले विभेदमुक्त राज्यको रुपमा स्थापित गरि २१ओँ शताब्दीको मानवीय सभ्यताको नमुना राज्य बनाउन तर्फ लाग्नुपर्दछ।

लेखक:- रईस अंसारी(सामाजिक अभियन्ता)

योग्यता:-स्नातक अध्ययनरत(समाजशास्त्र ,बि.ए.)

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »