Century Times

नव नियुक्त मन्त्री तथा राज्य मन्त्रीको सपथ

साउन २

प्रदेश नं. २ को प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारको नव नियुक्त मन्त्रीलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त गर्नु भएको आन्तरिक मामिला तथा संचार मन्त्री मन्त्री भरत प्रसाद साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित सपथ ग्रहण समारोहमा सपथ ग्रहण गराउनु भएको हो ।

त्यसै गरि नवनियुक्त आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुवी कुमारी कर्णलाई प्रदेश प्रमुख झाको उपस्थितिमा मुख्यमन्त्री राउतले सपथ ग्रहण गराउनु भएको हो । जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी लाई सरकारमा सहभागी गराउन जसपा बाट मन्त्री रहनु भएका ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवाहाले हिजो मात्रै राजिनामा गर्नु भएको थियो ।

सपथ ग्रहण समारोहमा सभामुख सरोज कुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, उच्च अदालत जनकपुरका मुख्य न्यायधिश, प्रमुख सचिव लगायत प्रदेश सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Translate »